आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ र महालेखा नियन्त्रक कार्यालयबाट तोकिए अनुसार यस कार्यालयको काम कर्तब्य देहाय अनुसार रहेका छन्।
- महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिको रूपमा जिल्लास्थित कार्यालयको आर्थिक कारोबारको रेखदेख निरीक्षण तथा गर्ने र प्रचलित कानूनको अधीनमा रही राय दिने।
- आफ्नो ईलाका भित्र आर्थिक कारोबार गर्ने कार्यालयहरू महालेखा नियन्त्रक कार्यालयको परामर्शमा कार्यालयहरूलाई संकेत नम्बर दिने कार्यालयहरूको लगत अद्यावधिक राख्ने।
- कार्यालयबाट आर्थिक कारोबारका विवरण लिई जिल्लाको एकिकृत वित्तीय विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पठाउने।
- प्रचलित कानून र महालेखा नियन्त्रक कार्यालयले तोके बमोजिम त्रैमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने र प्रतिवेदन गर्ने।
- जिल्ला स्थित कार्यालयहरूलाई दिइएको निकासा रकमको अभिलेख राखे।
- राजस्व, धरौटी, विनियोजन एवं अन्य कोष सम्बन्धी भएका कारोबार लगायत नगद मौज्दात र बेरुजू फस्यौटका सम्बन्धमा आवश्यकता अनुसार निरीक्षण गरी त्यस्तो प्रतिवेदन महालेखा नियन्त्रक कार्यालय र सम्बन्धित कार्यालयका केन्द्रीय निकायमा पठाउने ।
- निरीक्षण गर्दा स्रेस्ता दुरुस्त नराखेको वा हिनामिना गरेको वा प्रतिवेदन नगरेको वा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा नियमावली, २०७७ अनुसार काम नगरेको पाईएमा आर्थिक कारोबार तथा भुक्तानी निकासा रोक्का राखी सम्बन्धित तालुक कार्यालयमा जानकारी गराउने।
- महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिको रूपमा प्रदेश तथा स्थानीय सन्चित कोषको सञ्चालन लेखाकंन प्रतिवेदन खाता सञ्चालन सम्बन्धमा आवश्यक समन्वय सहजिकरण गर्ने।
- महालेखा नियन्त्रक कार्यालयले समय समयमा तोकेका अन्य कार्यहरू गर्ने।
- निवृत्तिभरण सम्बन्धी काम गर्ने ।
- आन्तरिक राजस्व विभागले तोकेबमोजिम अन्त:शुल्क प्रशासन सम्बन्धी काम गर्ने ।